+
Search

ताजा अपडेट +

पपुलर +

‘प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रम’ले संसद्‌मा गुञ्जियो हाँसो

4KNationalDaily
२०८१ जेष्ठ १, मंगलवार १६:५० बजे

काठमाडौं- सरकारले आगामी आर्थिक वर्षमा प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रम सञ्चालन गर्ने भएको छ। आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा सो कार्यक्रम सञ्चालन गर्ने उल्लेख गरिएको राष्ट्रपति रामचन्द्र पौडेलले जानकारी गराएका छन्।

पौडेलले संघीय संसद्को दुवै सदनको संयुक्त सभामा नीति तथा कार्यक्रम पढेर सुनाइरहेका छन्।

‘महिलालाई आर्थिक रुपमा सक्षम, सबल र सशक्त बनाउन ‘प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रम’ सञ्चालन गरिनेछ,’ नीति तथा कार्यक्रममा भनिएको छ।

पौडेलले यो कार्यक्रमबारे जानकारी गराउँदा संसद् बैठकमा हाँसाको फोहोरा छुटेको थियो। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पनि राष्ट्रपतिले यो कार्यक्रमबारे पढेर सुनाउँदा छेउमै रहेका उपप्रधानमन्त्री रघुवीर महासेठसँग कानेखुसी गर्दै हाँसेका थिए।

उपराष्ट्रपति रामसहाय प्रसाद यादव र स्वयं प्रधानमन्त्री प्रचण्डले पनि हाँसो रोक्न सकेनन् । प्रधानमन्त्री प्रचण्ड आफ्ना छोरीहरूसँग निकै नजिक रहेका छन् । बेलाबेला उनीमाथि नातावादको आरोप पनि लाग्ने गरेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily