काठमाडौं- स्थानीय बजारमा सुनको मूल्य निरन्तर बढिरहेको छ । बुधबारको तुलनामा आज सुनको तोलामा नै २३ सयले वृद्धि भएको छ ।
बुधबार प्रतितोला एक लाख ३८ हजार दुई सयमा कारोबार भएको छापावाला सुन आज १ लाख ४० हजार पाँच सय निर्धारण भएको छ भने तेजाबी सुन भाउ पनि बढेको छ ।
तेजाबी सुन बुधबार तोलामा १ लाख ३७ हजार पाँच सय ५० मा कारोबार भएकामा आज १ लाख ३९ हजार आठ सयमा कारोबार भएको छ । अघिल्लो दिनको तुलनामा तेजाबी सुनको मूल्य तोलामा २५ सयले वृद्धि भएको छ ।
बजेटले सुनमा भन्सार दर बढाएसँगै तोलामै थप ६ हजार महँगो पर्ने भएको छ । महासंघले आज बिहीबारदेखि नयाँ भन्सार दरअनुसार मूल्य समायोजन गर्ने भएको छ । सुनमा भन्सार दर १५ प्रतिशत रहँदै आएकोमा बजेटले बढाएर २० प्रतिशत कायम गरेको छ ।
नयाँ भन्सार दर लागू भएपछि सुनका प्रतितोला भन्सार दर मात्रै २६ हजार रुपैयाँ हुनेछ ।
यसैगरी चाँदीको मूल्य तोलामा ७० ले वृद्धि भएको छ । बुधबार एक हजार नौ सय ३० मा कारोबार भएको चाँदी आज एक हजार नौ सयमा बिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
प्रतिक्रिया