+
Search

ताजा अपडेट +

पपुलर +

महानगरविरुद्ध सडकमा कवाड व्यवसायी, माइतीघरमा नारा : छोटे राजाको आतंक बन्द गर

4KNationalDaily
२०८१ असार २, आईतवार १५:०७ बजे

काठमाडौं– अदालतको आदेश विपरीत काठमाडौं महानगरपालिकाले कबाड व्यवसायीमाथि गरेको तोडफोडको विरुद्धमा शान्ति सुरक्षा एवं क्षतिपूर्तिको माग गर्दै काठमाडौँमा आज कबाड व्यवसायीले प्रदर्शन गरेका छन् ।

काठमाडौंको माइतीघर मण्डलाबाट सुरु भएको र्‍याली नयाँबानेश्वर पुगेर कोणसभामा परिणत भएको थियो । हजारौँको सहभागितामा निकालिएको सो र्‍यालीमा सहभागीहरूले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहका विरुद्धमा चर्को नाराबाजी समेत गरेका छन् ।

‘….. बालेन ….., कुर्सी छोड’, ‘हामी यहाँ छौँ, बालेन तिमि कहाँ छौँ’, ‘कबाड व्यवसायीलाई सुरक्षा दे’ लगायतका नारा उनीहरूले लगाएका छन् । यस्तै प्रदर्शनमा ‘छोटे राजाहरूको आतङ्क बन्द गर, कबाड व्यवसायीको रक्षा गर, कानुनी शासन लागु गर, अदालतको निर्णयको सम्मान गर’ जस्ता नाराहरू आन्दोलनकारीले लगाएका छन् ।

काठमाडौं महानगरपालिकाले अदालतको आदेश विपरीत तोडफोडमा उत्रिएपछि कवाड व्यवसायी सङ्घर्ष समितिले काठमाडौं उपत्यकाभित्र कबाड व्यवसायीहरूको सुरक्षा, समृद्धि र सम्मानका लागि बाध्य भएर आन्दोलनमा उत्रिएको कबाड व्यवसायीका नेता सञ्जय साहले जनाएका छन् ।

पछिल्लो समय काठमाडौं महानगरका मेयर शाहले कानुन तथा अदालतको अन्तरिम आदेश विपरीत दुख दिन थालेपछि आन्दोलनमा उत्रिन बाध्य भएको साहले बताए । आफूहरूको माग सम्बोधन नभए माइतीघरमा धर्ना एवं प्रदर्शन मात्रै नभई कबाड व्यवसायीहरूले ४ असारमा महानगरपालिका समेत घेराउ गर्ने जनाएका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily