+
Search

ताजा अपडेट +

पपुलर +

बालेन हिटलर बन्न खोज्दैछन्, मेयरको घर अगाडि कवाडी थुपारौं : अमरेश सिंह

4KNationalDaily
२०८१ असार ५, बुधबार १४:१४ बजे

काठमाडौं– प्रतिनिधिसभा सदस्य डा. अमरेशकुमार सिंहले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाह पपुलिजको आडमा हिटलर बन्न खोजेको टिप्पणी गरेका छन् । प्रतिनिधिसभाको बैठकमा सिंहले कवाडी व्यवसायीमाथि सरकारले दमन गरेको भन्दै आपत्ति जनाए ।

मधेशी जनतामाथि प्रहरीले दमन गर्नुले फेरि रंगभेदको आन्दोलन सुरू हुने खतरा देखिएको उनको जिकिर छ ।

उनले भने, ‘सबै फोहोर बालेन साह र महानगरपालिका अगाडि थुपारौँ । त्यसको लागि हामी साथमा छौं । किनभने महानगरले नै सिकाएको हो ।’

‘बालेन जी, यहीँको मेयरले सिकाएको छ कि यदि काम भएन भने त्यहाँ नै फोहोर थुपार्ने । उहाँले पनि सडक विभागको अगाडि फोहोर थुपारेको छ । म यही संसद्‌मार्फत तमाम कवाड व्यवसायीहरूलाई आग्रह गर्न चाहन्छु सबै फोहोर महानगरपालिका र बालेन शाहको घरको अगाडि थुपारौं, त्यसको लागि हामी साथमा छौं । किनभने टिट फर ट्याट ।’

उनले बालेनले पनि नेपाललाई जर्मनी बनाउन खोजेको आरोप लगाए ।

उनले थपे, ‘पपुलिज्मको नाममा दुनियाँमा तानाशाही जन्मिएको छ । हिटलर पनि निर्वाचित भएर आएका थिए । तर, हिटलरको कारणले जर्मनीको के हाल भयो । आज पपुलिज्मको आधारमा सबैले ताली बजाइराखेका छौं । बालेनले पनि नेपाललाई जर्मनी बनाउन खोजेको हो ? विभेदमा चल्न खोजेको हो ? पपुलिजमको आडमा न्याय समाप्त गर्न खोजेको हो ?

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily