+
Search

ताजा अपडेट +

पपुलर +

प्रभु बैंकको ३०६औं शाखा मुगुको गमगढीमा

4KNationalDaily
२०८१ असार ५, बुधबार १९:३७ बजे

काठमाडौं- मुगुको छायानाथ रारा नगरपालिका वडा २ मा रहेको स्थित गमगढीमा प्रभु बैंक लिमिटेडले शाखा कार्यालय संचालनमा ल्याएको छ।

आज देखि बैंकको शाखा कार्यालय संचालनमा आएको हो। यससँगै बैंकको देशभर ३०६ वटा शाखा कार्यालयको संचालन भइरहेका छन्।

बैंकको गमगढी शाखामार्फत स्थानीयबासिन्दा, सर्वसाधारणहरु, व्यवसायिक फर्म, कम्पनी तथा संघ संस्थाहरुले गुणस्तरीय सेवा उपभोग पाउनेमा बैंकले विश्वास लिएको छ।

‘बैंक अफ द इयर २०२३’को उपाधिबाट सम्मानित प्रभु बैंकका नेपालभर ३०५ शाखा कार्यालय, २८६ एटीएमका साथै ७० एक्सटेन्सन काउन्टर छन्।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily