+
Search

ताजा अपडेट +

पपुलर +

बालेनलाई सुनिताको सुझाव- पदको मर्यादा राखेर अभिव्यक्ति दिनुपर्छ

4KNationalDaily
२०८१ असार ९, आईतवार २०:०२ बजे

काठमाडौं– काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले मेयर बालेन शाहलाई संयमित र मर्यादित भएर आफ्ना अभिव्यक्ति दिन आग्रह गरेकी छन् ।

महानगरपालिकाको नगर सभालाई सम्बोधन गर्ने क्रममा वडाध्यक्ष र सदस्यहरुले मेयरको तीव्र आलोचना गरेपछि उपमेयरले दुवै पक्षलाई संयमित हुन आग्रह गरिन् । उनले मेयर बालेन र आफू दुवैजना राजनीतिमा नयाँ युवा पुस्तालाई मानक बनाउन आएको भन्दै आफूहरुलाई संसारले हेरेको बताइन् ।

उनले मेयरलाई विशेष अनुरोध गर्दै आफूले बोल्ने कुरा संसारको युवालाई प्रभावित पार्ने हुनुपर्ने बताइन् । उनले अभिव्यक्तिलाई मर्यादित र संस्थागत छवि बिगार्न भन्दा पनि पदको मर्यादामा रहेर बोल्न आग्रह गरिन् ।

उपमेयर डंगोलले फरक मतको कदर गर्नुपर्ने बताइन् । उनले न्यूरोड, कलंकी जस्ता स्थानको विवाद संवादबाट समाधान गर्नुपर्ने बताएकी छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily