+
Search

ताजा अपडेट +

पपुलर +

सुनको मूल्य तोलामा दुई सयले बढ्यो, कतिमा हुदैंछ काराेबार?

4KNationalDaily
२०८१ असार १६, आईतवार ११:२० बजे

काठमाडौं- आज नेपाली बजारमा सुनको मूल्य सामान्य बढेको छ । आइतबार सुनको मुल्य तोलामा २ सयले बढेर तोलाको १ लाख ४२ हजारमा कारोबार भएको छ ।

यस अघि शुक्रबार छापावाल सुन प्रतितोला एक लाख ४१ हजार ८ सयमा कारोबार भएको थियो ।

त्यस्तै, आज तेजावी सुन प्रतितोला १ लाख ४१ हजार ३ सयमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज चाँदीको मूल्य भने आज स्थिर रहेको छ । चाँदी आज प्रतितोला १७९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily