+
Search

ताजा अपडेट +

पपुलर +

ग्लोबल आइएमई बैंकले ओपेक फण्डबाट २.५० करोड डलर ऋण लिँदै, साना व्यवसायमा खर्च गर्ने

4KNationalDaily
२०८१ असार १६, आईतवार २२:१४ बजे

काठमाडौं- ग्लोबल आइएमई बैंकले ओपेक फण्डबाट २ करोड ५० लाख अमेरिकी डलर ऋण दिने भएको छ। बैंकले साना व्यवसाय प्रवर्धन र जलवायु प्रतिरोधात्मक क्षमता वृद्धि गर्न परिचालन गर्ने गरी ऋण लिने भएको हो।

यस सम्बन्धमा बैंकले ओपेक फण्डसँग सम्झौता गरेको छ। सम्झौतामा ओपेक फण्डका अध्यक्ष अब्दुल हमिद अल्खलिफा र बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यले मंगलबार हस्ताक्षर गरे।

सम्झौता अनुसार महिलाले सञ्चालन गरिरहेको व्यवसायको क्षमता अभिवृद्धिमा पनि ऋण परिचालन गरिने बैंकले बुधबार प्रेस विज्ञप्तिमार्फत जनाएको छ।

नेपालमा दर्ता कुल व्यवसायको ९५ प्रतिशतभन्दा बढी लघु, साना तथा मझौला उद्यम छ। तर लघु, साना तथा मझौला उद्यमले लगानीको अभाव झेल्दै आएका छन्।

बैंकका प्रमुख कार्यकारी अधिकृत बज्राचार्यले ऋणले दिगो विकास लक्ष्य हासिल गर्न र जलवायु तथा लैंगिक वित्तमार्फत त्यस क्षेत्रमा देखिएको स्रोतको अभावलाई परिपूर्ति गर्न महत्वपूर्ण सहयोग गर्ने बताए। ‘महिलाहरुलाई आर्थिकरुपमा सशक्त बनाउन पनि सहयोग गर्नेछ,’ उनले भने।

ओपेक फण्डका अध्यक्ष अल्खलिफाले नेपालमा लघु, साना तथा मझौला व्यवसाय र जलवायु परिवर्तनका असर न्यूनीकरणसम्बन्धी परियोजनालाई सुदृढ बनाउन ग्लोबल आइएमई बैंकसँग साझेदारी गर्न पाउँदा खुशी लागेको बताए।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily