+
Search

ताजा अपडेट +

पपुलर +

अर्को सरकार गठन नभएसम्म प्रचण्ड बने कामचलाउ प्रधानमन्त्री

4KNationalDaily
२०८१ असार २८, शुक्रबार १९:१० बजे

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले पुष्पकमल दाहाल प्रचण्डलाई अर्को सरकार गठन नहुन्जेल मन्त्रिपरिषद्को कार्यभार संचालन गर्न कार्यभार तोकेका छन्  ।

राष्ट्रपति कार्यालयले संविधानको धारा ७७ (३) अनुसार अर्को सरकार गठन नभएसम्म यही मन्त्रिपरिषद्ले कार्य सञ्चालन गर्नेगरी जिम्मेवारी तोकिएको राष्ट्रपति कार्यालयले बताएको छ।

‘नेपालको संविधानको धारा ७७ को उपधारा ३ बमोजिम अर्को मन्त्रिपरिषद् गठन नभए सम्म यही मन्त्रिपरिषद्‌ले कार्य सञ्चालन गर्ने गरी तोक्नु भएको छ,’ राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मीले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

यसैअनरुप राष्ट्रपति रामचन्द्र पाैडेलले यही मन्त्रिपरिषदले कार्य गर्नेगरी ताेकेका हुन् ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily