+
Search

ताजा अपडेट +

पपुलर +

स्पेनलाई चौथोपटक युरोकपको उपाधि

4KNationalDaily
२०८१ असार ३१, सोमबार ०८:३५ बजे

काठमाडौं- इङल्यान्डलाई पराजित गर्दै युरो कप २०२४ को उपाधि स्पेनले उचालेको छ।

आइतबार राति बर्लिनको अ‍ोलम्पियाड स्टेडियममा भएको फाइनलमा इङल्यान्डलाई २–१ गोल अन्तरले पराजित गर्दै स्पेनले उपाधि जितेको हो।

योसँगै स्पनेले चौथो पटक युरोकपको उपाधि उचालेको हो। स्पेनले सन् १९६४, २००८, २०१२ पछि यसपटक युरो कपको उपाधि हात पारेको हो।

इङल्यान्डविरुद्ध स्पेनले दुई पटक अग्रता बनाएको थियो। खेलको ४७ औँ मिनेटमा निको विलियम्सको गोलमा स्पेनले सुरुवाती अग्रता बनाएको थियो। उनले लामिन यमालको पासमा बललाई पोष्टको जाली चुमाएका थिए।

खेलको ७३ औँ मिनेटमा इङल्यान्ड खेलमा फर्किएको थियो। वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेका कोम पालमरले गोल गर्दै इङल्यान्डलाई बराबरीमा ल्याएका थिए।

तर खेलको ८६ औँ मिनेटमा मिकेल ओयारजाबालको गोलमा स्पेनले पुनः अग्रता बनाएको थियो। त्यसपछि खेलमा थप गोल हुन नसक्दा स्पेनले उपाधि उचाल्न सफल भएको हो।

स्पेनको जितसँगै इङल्यान्ड फेरि एकपटक उपाधि नजिक पुगेर पनि टाढिएको हो। इङ्ल्यान्ड ५८ वर्षको पिडा भुलाउने प्रयासमा पुनः असफल भयो। इङ्ल्यान्ड १९६६ पछि उपाधि विहीन छ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily