+
Search

ताजा अपडेट +

पपुलर +

मोडल अञ्जली अभिनीत टेलिसिरियल ‘भागदौड’ सार्वजनिक

4KNationalDaily
२०८१ श्रावण २, बुधबार ११:५० बजे

काठमाडाैं- लेखक निर्देशक पुरुषोत्तम रिमाल (प्रसन्न)को हास्यव्यङ्ग्य टेलिसिरियल भागदाैडकाे पहिलो भाग रिलिज गरिएको छ ।

एसएमएस ईन्टरटेन्मेन्ट युट्युब च्यानलबाट रिलिज गरिएको भागदाैडमा अनुभवी पुराना कलाकार सुभाष गजुरेल, उत्तम केसी छन्।

नवकलाकार शक्ति श्रेष्ठ, रिभान मल्ल, र थुप्रै सिरियल मोडल अञ्जली थापाको अलावा, राेहिन मिश्र, मदन सेन्चुरी, रेवन सापकोटा लगायत कलाकारहरूको अभिनय रहेको छ ।

बालकृष्ण लव र जयराम भट्टले निर्माण गरेको भागदाैडमा विक्रम साहु, रत्न अवाल, बाबुराम ढुवाल, राज बाँडे सह-निर्माता रहेका छन्। डम्बर राईको छाँयाकंन, सौखिन तिमल्सिनाकाे सम्पादन रहेको  टेलिसिरियलमा जीवनाथ गौतम (जीवन)काे क्रियटिभ निर्देशन रहेकाे छ ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily