+
Search

ताजा अपडेट +

पपुलर +

प्रभु बैंकका कर्मचारी र ग्राहकले बुद्ध एयरको टिकट किन्दा ८ प्रतिशत छुट पाउने

4KNationalDaily
२०८१ श्रावण ३१, बिहीबार १६:४१ बजे

काठमाडौं– प्रभु बैंकका कर्मचारी तथा ग्राहकले बुद्ध एयरको सेवामा विशेष छुट पाउने भएका छन्। बैंकले यससम्बन्धमा बुद्ध एयरसँग सम्झौता भएको जनाएको छ।

सम्झौतामा प्रभु बैंकका तर्फबाट चिफ म्यानेजर मन्जय राज पाण्डे र बजार व्यवस्थापक दिना चित्रकार तथा बुद्ध एयरको तर्फबाट डाइरेक्टर रुपेश जोशी र सिनियर म्यानेजर उद्धवलाल कायस्थले हस्ताक्षर गरेका छन्।

सम्झौताअनुसार प्रभु बैंकका कर्मचारी तथा ग्राहकले बैंकसँगको आबद्धता प्रमाणका आधारमा बुद्ध एयरको उपलब्ध सेवामा ८ प्रतिशत छुट प्राप्त गर्न सक्ने बैंकले जानकारी दिएको छ।

बुद्ध एयरले आफ्ना टिकट बिक्री काउन्टरबाट टिकट खरिद गर्दा उक्त छुटको व्यवस्था गरेको छ।

०५३ साल बैशाख ११ गते स्विकृति प्राप्त गरी ०५४ आश्विन २५ गतेबाट उडान सुरु गरेको बुद्वले हाल आन्तरिक उडानको साथ साथै भारतको बनारससम्म पनि आफ्नो सेवा विस्तार गरेको छ ।

हालसालै ‘बैंक अफ द इयर २०२३’ को उपाधिबाट सम्मानित प्रभु बैंकले नेपालभर ३१४ शाखा कार्यालयहरु, २८६ एटीएम साथै ६९ एक्सटेन्सन काउन्टर मार्फत करिब ३५ लाख भन्दा बढि ग्राहकहरुलाई बैंकिङ एवं वित्तीय सेवा प्रवाह गरिरहेको छ।

प्रभु बैंक छोटो समयको अन्तरालमानै फिनाकल ईन्फोसिस ईनोभेसन गोल्ड–२०२४ अवार्डबाट समेत सम्मानित भएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily