+
Search

ताजा अपडेट +

पपुलर +

राष्ट्रिय वाणिज्य बैंकको फेस्टिभ अफर, ७.७७ प्रतिशत ब्याजदरमै सवारी कर्जा

4KNationalDaily
२०८१ भाद्र ६, बिहीबार ०९:०३ बजे

काठमाडौं– राष्ट्रिय वाणिज्य बैंकले फेस्टिभ अफर सार्वजनिक गरेको छ।

यो अफरअन्तर्गत बैंक ७.७७ प्रतिशतको स्थिर ब्याजदरमै गाडी कर्जा उपलब्ध गराउने भएको छ।

फेस्टिभ अफरमा प्रदान गरिने स्थिर ब्याजदरको गाडी कर्जा अधिकतम ७ वर्षका लागि हुने बैंकले जनाएको छ। यो कर्जा मात्रै ०.५ प्रतिशत प्रोसेसिङ फीमा उपलब्ध हुनेछ।

यो आरवीवी भेहिकल लोन फेष्टिभ अफर योजना यही भाद्र १ गतेदेखि २०८१ कात्तिक मसान्तसम्म रहनेछ।

ग्राहकवर्गले आरवीवी भेहिकल लोन लिँदा ०.५ प्रतिशत प्रोसेजिङ फि लाग्नेछ भने ७ वर्षसम्म ७.७७ प्रतिशत स्थिर ब्याज प्रणलीमा लोन लिन सकिने छ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily