काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले वर्तमान सरकारलाई सच्चिनु र सुध्रिनुको विकल्प नरहेको बताएका छन् । मंगलबार संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।
सभापति लामिछानेले राजनीतिलाई अहिले आम नागरिकहरूले चासोका साथ हेरेको पनि बताए । उनले अब जे पनि चल्दैन भन्नेकुरा नेतृत्व तहलाई ज्ञात हुनुपर्ने बताए । हरेक ठाउँमा युवा पुस्ताहरूले हस्तक्षेप सुरु गरेको भन्दै आम नागरिकले पनि हस्तक्षेप गर्न सुरु गरे भन्ने संकेत देखिएको उनले बताए ।
उनले भने, ‘आम नागरिकले चासोका साथ राजनीतिलाई हेरेका छन् । अब जे पनि चल्दैन भन्नेकुरा जुन सुरुवात भएको थियो, हरेक ठाउँमा हस्तक्षेप सुरु भएको छ । राजनीतिक रूपमा हामीले हस्तक्षेप गर्न आयौँ । अब आम नागरिकले पनि हस्तक्षेप गर्न सुरु गरे भन्ने संकेत दिएको छ ।’
सभापति लामिछानेले भ्रष्टाचार ढाकछोप गर्नतिर नलाग्न पनि सरकारलाई सचेत गराए ।
प्रतिक्रिया