+
Search

ताजा अपडेट +

पपुलर +

सुनको मूल्यले आज पनि बनायो इतिहासकै सर्वाधिक महँगो रेकर्ड

4KNationalDaily
२०८१ भाद्र १३, बिहीबार ११:२४ बजे

काठमाडौं- आज नेपाली बजारमा सुनको मूल्य बढेको छ भने चाँदीको मुल्य घटेको छ ।

विहिबार सुन तोलाको एक सयले बढेर तोलामा एक लाख ५३ हजार २ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बुधबार सुनको मुल्य १ लाख ५३ हजार एक सयमा कारोबार भएको थियो ।

मंगलबार तोलको १ लाख ५२ हजार ३ सय रुपैयाँ प्रतितोला रहेको सुनको मूल्य बिहीबार ८ सय रुपैयाँले बढेको थियो।

हिजो भन्दा आज थप एक सय रुपैयाँ बढेर सुन अहिलेसम्मकै सर्वाधिक महँगो बनेको हो।

चाँदीको मूल्य भने आज घटेको छ। हिजो तोलाको एक हजार ८ सय ५५ रुपैयाँ कायम भएको चाँदीको मूल्य आज २५ रुपैयाँ घटेर एक हजार ८ सय ३० रुपैयाँ झरेको छ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily