+
Search

ताजा अपडेट +

पपुलर +

मन्त्रालयप्रति असन्तुष्टि जनाउँदै दीपक मनाङेले भने- ‘लिन्न यस्तो मन्त्रालय, जुनियरले लिने मन्त्रालय हो’

4KNationalDaily
२०८१ भाद्र १७, सोमबार १५:४३ बजे

काठमाडाैं- गण्डकी प्रदेशको भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयकाे जिम्मेवारीबाट हटाएर वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी पाएका दीपक मनाङेले असन्तुष्टि जनाउँदै राजीनामा दिने चेतावनी दिएका छन् ।

गण्डकीमा सुरेन्द्रराज पाण्डेलाई विश्वासको मत दिएर मुख्यमन्त्री पद जोगाइदिएका फणीन्द्र देवकोटा र दीपक मनाङेलाई कांग्रेसले आफ्नै कोटामा राखेर मन्त्रीमा यथावत् गरेको छ । एमाले सरकारमा सामेल भएसँगै मनाङेको मन्त्रालयको सारिएको छ ।

कम प्रभाव भएको मन्त्रालय दिएको र वरीयता पनि घटाइएको भन्दै मनाङेले असन्तुष्टि जनाउँदै राजीनामा दिने बताएका हुन् ।

यसअघि ५ जनामन्त्री हुँदा उनी तेस्रो नम्बर वरीयतामा थिए । तर, नयाँ वरियाताक्रममा उन उनलाई छैठौं वरीयतामा राखिएको छ ।

मन्त्रीहरुको शपथ ग्रहण कार्यक्रममा गएपनि कम प्रभाव भएको मन्त्रालय र वरीयता पनि घटाइएको भन्दै असन्तुष्टि जनाएका थिए । मनाङे कार्यक्रमस्थलबाट पनि रिसाउँदै निस्किएका थिए ।

मनाङे मन्त्री रहेको भौतिक पूर्वाधार मन्त्रालयको जिम्मेवारी एमालेका प्रकाशबहादुर केसीले पाएका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily