+
Search

ताजा अपडेट +

पपुलर +

आयल निगमका कार्यकारी निर्देशक भट्ट भन्छन्- इथानोल उत्पादन कुनै ‘रकेट साइन्स’ होइन

4KNationalDaily
२०८१ भाद्र २५, मंगलवार ०८:४२ बजे

काठमाडाैं– नेपाल आयल निगमका प्रमुख कार्यकारी अधिकृत डा. चण्डिकाप्रसाद भट्टले इथानोल उत्पादन र प्रयोग हुँदा इन्धनको खपत घट्ने बताए । उनले इथानोलको प्रयोगले दैनिक ४ लाख किलोमिटर इन्धनको खपत घटाउन सहयोग पुग्ने बताए ।

सरकार इथानोल उत्पादन र प्रयोगमा निकै अघि बढिसकेको बताउँदै उनले पेट्रोलियम पदार्थमा इथानोल मिश्रणका लागि ०६० सालमा नै योजना बने पनि विविध कारणले विलम्ब हुन गएको दाबी गरे । यसलाई कार्यान्वयनमा लैजाने पहल भइरहेको र केही महिनामै उत्पादन सुरु हुने उनकाे बुझाइ छ ।

उनले इथानोल उत्पादन र प्रयोगको सन्दर्भमा प्रस्तावसंगै कार्यविधि पनि बनाउनुपर्ने भएकाले उद्योग विभागले कार्यविधिका लागि स्वीकृति दिइसकेको बताए ।

इथानोलको प्रयोगले दैनिक चार लाख किलोमिटर इन्धनको खपत घटाउन सहयोग पुग्ने बताउँदैं इथानोल उत्पादनमा धेरै उद्योग तयार रहेकोमा २५ देखि ३० लाख रुपैयाँ लगानीमा नै इथानोल उत्पादनको प्लान्ट निर्माण गर्न सकिने उनले भनाइ छ । तर, वार्षिक उत्पादन परिमाण, खपत र मूल्यमा भने ख्याल गर्नुपर्ने उनकाे सुझाव छ।

सन् २०२० मा नै पेट्रोलियम पदार्थ खपत हराएर जाने भनिए पनि अझै ठुलो माग रहेको उल्लेख गर्दै भट्टले यो थप अगाडि जाने र पेट्रोलियम पदार्थ खपत कम गर्न इथानोल प्रयोगमा जोड दिनुपर्ने बताए ।

अझ, नेपाल जस्तो पेट्रोलियम पदार्थ उत्पादन नहुने देशले त इथानोल उत्पादन र मिश्रणमा जोड दिनुपर्ने उनको सुझाव छ । ‘राज्यले नीति बनाइसकेको छ, इथानोल मिश्रणको निर्णय गरिसकेको छ, हामी उत्पादनमा जान्छौँ,’ उनले भने ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily