+
Search

ताजा अपडेट +

पपुलर +

नेपाल इन्भेस्टमेन्ट मेगा बैंकका ग्राहकलाई बुद्ध एयरमा आकर्षक छुट

4KNationalDaily
२०८१ भाद्र २५, मंगलवार २०:०५ बजे

काठमाडौं– नेपाल इन्भेस्टमेन्ट मेगा बैंकका ग्राहकलाई बुद्ध एयरबाट यात्रा गर्दा आकर्षक छुट पाइने भएको छ ।

एनआईएमबी र बुद्ध एयरबीच भएको सम्झौतामा इन्भेस्टमेन्ट मेगाका ग्राहकका साथै ग्राहकका परिवारलाई बुद्ध एयरको हवाई टिकट खरिद गर्दा ८ प्रतिशत छुट दिने भएको छ ।

सम्झौता अनुसार टिकटमा छुट लिनका लागि बुद्ध एयरका काउन्टरबाट टिकट खरिद गर्ने ग्राहकले एनआईएमबी डेबिट/क्रेडिट कार्ड वा एनआईएमबी मोबाईल बैंकिङ मार्फत भुक्तानी गर्नुपर्ने हुन्छ ।

यो सम्झौताबाट एनआईएमबीका ग्राहकहरू प्रत्यक्ष रूपमा लाभान्वित हुने विश्वास बैंकको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily