+
Search

ताजा अपडेट +

पपुलर +

ब्लु क्रस हस्पिटल र प्रभु बैंकबीच विशेष छुट सम्झौता

4KNationalDaily
२०८१ भाद्र २५, मंगलवार २०:१४ बजे

काठमाडौं- प्रभु बैंक लिमिटेडका ग्राहक तथा कर्मचारीहरुलाई काठमाडौ‌ंको त्रिपुरेश्वरमा रहेको ब्लुक्रस हस्पिटल प्रालिमा विशेष छुट मिल्ने भएको छ।

अस्पताल र बैंकबीच अस्पतालको सेवा सुविधामा विशेष छुट दिने सम्झौता भएको हो।

सम्झौताअनुसार प्रभु बैंकका सम्पूर्ण ग्राहकहरु, कार्ड प्रयोगकर्ताहरु, कर्मचारी तथा कर्मचारीका पारिवारजनले ब्लु क्रस हस्पिटलमा उपचार सेवा लिँदा अन्तरङ्ग तथा बहिरङ्ग सेवा, ओपीडी टिकट, रेडियोलोजी, प्याथोलोजी, फार्मेसी, फिजियोथेरापीलगायतका सेवाहरुमा ५ प्रतिशतदेखि १२ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन्।

छुट सुविधा प्राप्त गर्नका लागि बैंकका ग्राहकहरुले प्रभु बैंक लिमिटेडको मान्य डेबिट कार्ड, क्रेडिट कार्ड, प्रिभलेज कार्ड तथा क्यूआरबाट समेत भुक्तानी गर्न सक्नेछन्।

ग्राहकहरूको रोजाईको अग्रणी बैंकको रूपमा रहेको तथा हालसालै ‘बैंक अफ द इयर २०२३’ को उपाधिबाट सम्मानित प्रभु बैंकका नेपालभर ३ सय १५ शाखा कार्यालयहरू, २ सय ८६ एटिएम साथै ६९ एक्सटेन्सन काउन्टर मार्फत करिब ३५ लाख भन्दा बढी ग्राहकहरूलाई ‘विश्वास लिन्छौँ, विश्वास दिन्छौँ’ भन्ने मूल नाराका साथमा बैंकिङ एवं वित्तीय सेवा प्रवाह गरिरहेको प्रभु बैंकले अत्याधुनिक प्रविधि मार्फत गुणस्तरीय सेवा प्रवाह गर्दै प्रतिस्पर्धी रूपमा अगाडि बढिरहेको छ ।

साथै, छोटो समयको अन्तरालमा नै फिनाकल ईन्फोसिस ईनोभेसन गोल्ड-२०२४ अवार्डबाट सम्मानित भएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily