काठमाडौं– सुनको मूल्यले फेरि नयाँ उचाइ लिएको छ।
एकै दिन ३ हजार रुपैयाँले बढेपछि सुनको मूल्यले नयाँ कीर्तिमान बनाएको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला १ लाख ५६ हजार ३ सय रुपैयाँमा कारोबार भएको छ।
यता चाँदीको मूल्य पनि ह्वात्तै बढेको छ। चाँदी आज १ हजार ८ सय ६० रुपैयाँमा कारोबार भएको छ।
अघिल्लो दिन सुन १ लाख ५३ हजार ३ सय र चाँदी १ हजार ७ सय ९५ रुपैयाँमा कारोबार भएको थियो।
प्रतिक्रिया