+
Search

ताजा अपडेट +

पपुलर +

असोजमा पनि बैंकको ब्याजदर घट्यो, कुन बैंकले ब्याजदर कति बनायो ?

4KNationalDaily
२०८१ भाद्र ३१, सोमबार १०:०२ बजे

काठमाडौं– वाणिज्य बैंकहरूले असोज महिनाका लागि पनि निक्षेपको ब्याजदर थप घटाएका छन् । व्यक्तिगत मुद्दती निक्षेपमा २० वाणिज्य बैंकको अधिकतम औसत ब्याजदर भदौको तुलनामा असोजमा ०.१५ प्रतिशत विन्दुले घटेको छ ।

भदौमा यी बैंकको व्यक्तिगत मुद्दतीमा अधिकतम औसत ब्याजदर ६.५४ प्रतिशत रहेकोमा असोजमा ६.३९ प्रतिशतमा झरेको छ । यसअघि साउनमा व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम औसत ब्याजदर ६.७३ प्रतिशत थियो ।

असोजमा दुई बैंक कृषि विकास र नेपाल बैंकले व्यक्तिगत मुद्दतीको अधिकतम ब्याजदर भदौको तुलनामा बढाएका छन् । तीबाहेक १० बैंकले घटाएका छन् भने ८ बैंकले स्थिर राखेका छन् । व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर घटाउनेमा राष्ट्रिय वाणिज्य, नेपाल एसबीआई, कुमारी, प्राइम, सानिमा, सिटिजन्स, नबिल, एनएमबी, एनआईसी एसिया र एभरेस्ट छन् ।

स्थिर राखेकामा लक्ष्मी सनराइज, ग्लोबल आईएमई, नेपाल इन्मेस्टमेन्ट मेगा, सिद्धार्थ, स्टान्डर्ड चार्टर्ड, माछापुच्छ्रे, प्रभु, हिमालयन छन् ।

ग्लोबल आईएमई बैंकले असोज १ गतेदेखि लागू हुने गरी विभिन्न खातामा ब्याजदर सार्वजनिक गरेको छ ।

बैंकले असोजमा मुद्दति निक्षेपमा व्यक्तिगततर्फ ६.२५ प्रतिशत र संस्थागततर्फ ५.२५ प्रतिशत ब्याज प्रदान गर्नेछ । त्यस्तै, साधारण बचत खातामा न्यूनतम ३ प्रतिशतदेखि ३.५० प्रतिशत ब्याजदर तोकेको छ भने ग्लोबल रेमिट बचत खातामा भने ४.५ प्रतिशत ब्याज दिने भएको छ ।

एनआईसी एशिया बैंकले विभिन्न खातामा असोज १ गतेदेखि लागू हुने गरी नयाँ ब्याजदर घटाएर सार्वजनिक गरेको छ । बैंकले असोजका लागि मुद्दती निक्षेपमा व्यक्तिगततर्फ ७.१८ प्रतिशत र संस्थागततर्फ ६.१८ प्रतिशत बनाएको छ । त्यस्तै, व्यक्तिगततर्फ ७.४१ प्रतिशत र संस्थागततर्फ ६.४१ प्रतिशत ब्याज प्रदान गरेको थियो ।

बैंकले असोजका लागि साधारण बचत खातामा न्यूनतम ३.२७ प्रतिशतदेखि अधिकतम ५.२७ प्रतिशतसम्म ब्याजदर प्रदान गर्नेछ । यसअघि भदौमा ३.४१ प्रतिशतदेखि अधिकतम ५.४१ प्रतिशतसम्म ब्याजदर तोकेको थियो ।

त्यस्तै, नेपाल एसबीआई बैंकले असोज महिनाका लागि मुद्दती निक्षेपमा व्यक्तिगततर्फ अधिकतम ६ प्रतिशत र संस्थागततर्फ ५ प्रतिशत ब्याज प्रदान गर्नेछ । बैंकले यसअघि भदौमा व्यक्तिगततर्फ ६.२५ प्रतिशत र संस्थागतर्फ ५.२५ प्रतिशत ब्याज दिएको थियो । त्यस्तै, बैंकले असोजका लागि साधारण बचत खातामा न्यूनतम ४.३५ प्रतिशतदेखि अधिकतम ६ प्रतिशत ब्याजदर प्रदान गर्नेछ ।

त्यस्तै, नेपाल बैंक लिमिटेडले असोज १ गतेदेखि लागू हुने गरी विभिन्न खातामा ब्याजदर बढाएको हो । बैंकले असोज महिनाका लागि मुद्दती निक्षेपमा व्यक्तिगततर्फ ५.९५ प्रतिशत, संस्थागततर्फ ४.९५ प्रतिशत अधिकतम र रेमिट्यान्सतर्फ ६.९५ प्रतिशत ब्याजदर तोकेको छ ।

भदौमा बैंकले व्यक्तिगततर्फ ५.२५ प्रतिशत र संस्थागततर्फ ४ प्रतिशत तथा रेमिट्यान्सतर्फ ६.२५ प्रतिशत ब्याजदर तोकेको थियो । त्यस्तै, बैंकले साधारण बचत खातामा भने न्यूनतम ३.०१ प्रतिशतदेखि अधिकतम ५.०१ प्रतिशत ब्याजदर कायम गरेको छ ।

त्यस्तै, कृषि विकास बैंकले असोज महिनाका लागि मुद्दती निक्षेपमा व्यक्तिगततर्फ अधिकतम ६.०७२२ प्रतिशत र संस्थागततर्फ ४.२५ प्रतिशत ब्याज दिनेछ । बैंकले यसअघि भदौमा व्यक्तिगततर्फ ६.६५ प्रतिशत र संस्थागतर्फ ४.२५ प्रतिशत ब्याज दिएको थियो ।

त्यसैगरी बैंकले असोजका लागि साधारण बचत खातामा न्यूनतम ३ प्रतिशतदेखि अधिकतम ४.७६ प्रतिशत ब्याजदर प्रदान गर्नेछ । त्यस्तै, रेमिट्यान्स खातामा ७.०७२२ ब्याजदर दिनेछ ।

त्यस्तै, सानिमा बैंकले असोज १ गतेदेखि लागू हुनेगरी ब्याजदर घटाएको छ । बैंकले असोजमा मुद्दती निक्षेपमा व्यक्तिगततर्फ ५.९० प्रतिशत र संस्थागततर्फ ४.३० प्रतिशत ब्याजदर तोकेको छ । यसअघि भदौमा व्यक्तिगततर्फ ६.२० प्रतिशत र संस्थागततर्फ ४.९० प्रतिशत ब्याजदर तोकेको थियो । साधारण बचत खातामा न्यूनतम ३.०५ प्रतिशतदेखि अधिकतम ५.०५ प्रतिशत ब्याजदर तोकेको छ ।

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले असोज महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले असोजमा मुद्दती निक्षेपमा व्यक्तिगततर्फ ६.५० प्रतिशत, संस्थागततर्फ ५.५० प्रतिशत र रेमिट्यान्स खातामा ७.५० प्रतिशत ब्याजदर तोकेको छ ।

त्यस्तै, एभरेष्ट बैंकले असोज १ गतेदेखि लागू हुने गरी ब्याजदर घटाएको छ । बैंकले असोजमा मुद्दती निक्षेपमा व्यक्तिगततर्फ ६ प्रतिशत र संस्थागततर्फ ५ प्रतिशत ब्याजदर प्रदान गर्नेछ । यसअघि भदौमा बैंकले व्यक्तिगततर्फ ६.१० प्रतिशत र संस्थागततर्फ ५.१० प्रतिशत ब्याजदर दिएको थियो । असोजमा दर ७.२९ प्रतिशत कायम गरिएको बैंकको आधार दर भदौमा ७.४५ प्रतिशत थियो ।

त्यस्तै, असोजका लागि सिद्धार्थ बैंकले असोज महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले मुद्दती निक्षेपमा व्यक्तिगततर्फ ६.५० प्रतिशत र संस्थागततर्फ ५.५० प्रतिशत ब्याजदर तोकेको छ ।

बैंकले असोजमा साधारण बचत खातामा न्यूनतम ३ प्रतिशतदेखि अधिकतम ४.५० प्रतिशत ब्याजदर तोकेको छ । बैंकको कर्जाको ब्याजदर पनि घटेको छ । भदौमा ८.२० प्रतिशत रहेको आधारदर ७.९३ प्रतिशतमा झरेको छ ।

व्यक्तिगत मुद्दतीमा कुन बैंकको अधिकतम ब्याजदर (प्रतिशत) कति ?

बैंक भदौको ब्याजदर असोजको ब्याजदर
कृषि विकास ६.०६५ ६.०७
राष्ट्रिय वाणिज्य ६.०७ ६.००
नेपाल एसबीआई ६.२५ ६.००
लक्ष्मी सनराइज ६.५० ६.५०
ग्लोबल आईएमई ६.२५ ६.२५
कुमारी ६.७१ ६.०१
प्राइम ६.७५ ६.२५
नेपाल ५.२५ ५.९५
सानिमा ६.२० ५.९०
सिटिजन्स ६.७५ ६.५०
नबिल ७.०० ६.७५
इन्भेस्टेमेन्ट मेगा ६.५० ६.५०
सिद्धार्थ ६.५० ६.५०
स्टान्डर्ड चार्टर्ड ७.०० ७.००
माछापुच्छ्रे ७.०० ७.००
प्रभु ६.१० ६.१०
एनएमबी ७.४१ ६.५०
एनआईसी एसिया ७.४१ ७.१८
हिमालयन ७.०० ७.००
एभरेष्ट ६.१० ६.००

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily