+
Search

ताजा अपडेट +

पपुलर +

नेपालको खनिज र पर्यटनमा जाम्बियाको चासो, एफएनसीसीआईसँग व्यवसायीक सम्झौता हुने

4KNationalDaily
२०८१ आश्विन १, मंगलवार ०९:४३ बजे

काठमाडौं– जाम्बियाले नेपालको खनिज र पर्यटनमा लगानी गर्न चासो देखाएको छ । नेपालको चार दिने भ्रमणका रहेका नेपालका लागि जाम्बियाको गैरआवासीय राजदूत पर्सि प्याट्सन चन्दाले राष्ट्रपति रामचन्द्र पौडेलदेखि मन्त्रीहरू र निजी क्षेत्रलाई भेटी सो कुरा बताएका हुन् ।

उनले उद्योग मन्त्री दामोदर भण्डारीसँगको शिष्टाचार भेटमा नेपालको खानी तथा खानीजन्य क्षेत्रमा प्राविधिक तथा आर्थिक रूपमा लगानी गर्ने प्रस्ताव राखेका थिए ।

यसैगरी उनले परराष्ट्र मन्त्री आरजु राणा देउवासँगको भेटमा पनि जाम्बियासँग खानी उत्खननको विषयमा राम्रो ज्ञान भएको र नेपालमा पनि सो क्षेत्रमा लगानी गर्न जाम्बियाली लगानीकर्ता इच्छुक रहेको भन्दै सहजिकरण गरिदिन आग्रह गरेका थिए । साथै आफूहरूको लागि नेपाल लगानीको लागि आकर्षक गन्तव्य हुने भन्दै सो विषयमा सहकार्य गर्न आफूहरू तयार रहेको बताएका थिए ।

नेपालको ४ दिन भ्रमणमा रहेका प्याट्सले निजी क्षेत्रको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालसँग पनि भेट गरी दुई देशका लगानीकर्ताबिच सहकार्य गरी अघि बढ्न आग्रह गरेका थिए ।

साथै उनले नेपाल उद्योग वाणिज्य महासंघ र जाम्बियाको उद्योग वाणिज्य संघबीच व्यवसायीक समझदारी पत्रमा हस्ताक्षर गरी अघि बढ्ने प्रस्ताव समेत राखेका थिए । जाम्बियाको लगानीकर्ताहरू नेपालमा लगानी गर्न तयार रहेको भन्दै सोही अनुरूप दुवै संस्थाबिच समझदारी गरेर अघि बढ्नुपर्ने भन्दै सोका लागि आफूले सहजकर्ताको रूपमा काम गरिदिनु प्रतिबद्धता समेत व्यक्त गरेका थिए ।

जाम्बियाको नेपालको लागि गैर आवासीय राजदूत प्याट्सको ४ दिन भ्रमणले नेपालमा जाम्बियाको नेपाली भित्र्याउन मार्ग प्रशस्त गरेको नेपालको लागि जाम्बियाको वाणिज्य दूत देशबन्धु बस्नेत (अजित)ले बताए ।

‘नेपालको ४ दिने भ्रमणमा आउनु भएका राजदूत प्याट्ले राष्ट्रपति रामचन्द्र पौडेलसँग शिष्टाचार भेट गर्नुका साथै परराष्ट्र र उद्योग मन्त्रीसँग पनि लगानीको विषयमा छलफल गर्नुभयो,’ बस्नेतले भने, ‘साथै महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालसँग पनि भेट गरी जाम्बिया र नेपाली उद्योगी व्यवसायीबिच सहकार्य गरी लगानीको वातावरण सिर्जना गर्न आग्रह गर्नूभएको थियो ।’ साथै नेपालमा जाम्बियाको लगानी भित्र्याउने सम्बन्धमा महासंघसँग छिट्टै नै एक समझदारी पत्रमा हस्ताक्षर हुने समेत उनले जानकारी दिए ।

नेपालको ४ दिने भ्रमणमा रहेका राजदूत प्याट्ले नेपाल र जाम्बियाको भौगोलिक बनावट समेत एउटै रहेको र नेपालमा खानी उत्खनन र पर्यटनको उच्च सम्भावना रहेको भन्दै सो विषयमा जाम्बिया सरकार तत्काल सहकार्य गर्न तयार रहेको बताएका थिए।

साथै जाम्बियाको वार्षिक ६० हजार करोड बराबरको खानी उत्खनन हुने गरेको छ उक्त प्राविधिक सहायतामा नेपालमा पनि ठुलो मात्रामा खानी उत्खनन गर्न सकिने उनले जानकारी दिएका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily