+
Search

ताजा अपडेट +

पपुलर +

नेप्सेमा पुगेर अर्थमन्त्रीले सोधे- ३०४० को विन्दुमा पुगेको नेप्से किन २५०० सयमा झर्यो ?

4KNationalDaily
२०८१ आश्विन २, बुधबार १८:३६ बजे

काठमाडौं– सेयर बजार लगातार रूपमा ओरालो लागिरहेको समयमा उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले नेपाल स्टक एक्सचेन्जको कार्यालय भ्रमण पुगेका छन् ।

नेप्से परिसूचक पछिल्लो समय ओरालो लागेपछि अर्थमन्त्री पौडेल यसको कारण खोज्न नेप्से पुगेका हुन् ।

नेप्से पुगेका अर्थमन्त्री पौडेलले ३० अर्ब पुगेको कारोबार रकम किन ६ अर्बमा आयो ? भन्दै प्रश्न गरेका थिए । त्यस्तै बजार किन २५ सयमा आएको भन्ने उनको जिज्ञासा थियो । ‘३० अर्ब बराबर कारोबार भएको सेयर बजार हाल घटेर ५ देखि ६ अर्बमा किन सीमित भयो,’ अर्थमन्त्रीले भने, ‘३०४० को विन्दुमा पुगिसकेको नेप्से पछिल्लो समय लगातार ओरालो लागेर २५०० सयमा किन झ¥यो ।’

नेप्सेको टीएमएस प्रणालीमा समस्या आउनुको कारणबारे पनि अर्थमन्त्री पौडेलले प्रश्न राखेका थिए । नेप्सेका प्रबन्धक निरञ्जन फुयाँलले अर्थमन्त्रीसामु सेयर बजार सुधारका विषयमा प्रस्तुति दिएका थिए ।

अर्थमन्त्री पौडेल बुधवार दिउँसो साढे २ बजे नेप्सेको कार्यालयमा पुगेका थिए । उनले नेप्सेको कारोबार प्रणालीमा विश्वसनीयता नभएको समेत प्रश्न उठाए ।

‘कुनै समय १२ बजेसम्म टिएमएस प्रणालीले काम गरेन त्यो किन भयो ? यो समस्या किन आइरहेको छ जवाफ खोज्नु परेको छ । ब्याजदर निरन्तर ओरालो लागि रहेको छ । तर, ब्याजदर घट्दासमेत किन कारोबार रकम बढेको छैन ?’ उनले भने ।

सो अवसरमा उनले लगानीकर्ताको विश्वास जित्ने, लगानी सुरक्षित र स्वास्थ्य प्रतिस्पर्धाको प्राथमिकतामा दिनु पर्ने बताए । ‘पुँजी बजारलाई दिगो विकासमा कसरी जोड दिने भन्ने विषय समेत हाम्रो माथि उठेका छन् । नकारात्मक कुरालाई निरुत्साह गर्नु आवश्यक रहेको छ,’ अर्थमन्त्री पौडेलले भने ।

सेयर बजारमा पछिल्लो समय आएको गिरावटका विषयमा अर्थ मन्त्रालय गम्भीर रहेको उनको भनाइ थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily