+
Search

ताजा अपडेट +

पपुलर +

दुई ठूला पार्टी मिलेपछि आनन्द भएको छ भन्नेहरू पनि छन् : शेरबहादुर देउवा

4KNationalDaily
२०८१ आश्विन ५, शनिबार १९:२५ बजे

काभ्रे– सत्तारुढ नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले दुई ठूला दलबिचको सत्ता सहकार्यले नागरिक खुसी भएको बताएका छन् ।

शनिवार काभ्रेको धुलिखेलमा बिपी कोइरालाको शालिक अनावरण गर्दै उनले कांग्रेस र एमालेको सहकार्यले देशभर सकारात्मक सन्देश गएको बताएका हुन् ।

‘कति कचकच गर्ने, दुई वटा पार्टी मिलेका छन् आनन्द भएको छ भन्नेहरू छन् यहाँ । त्यसकारण दुई वटा पार्टी मिलेर देशभरमा एउटा सकारात्मक सन्देश दिएको छ’, उनले भने ।

पार्टीलाई आगामी निर्वाचनमा कम्तीमा पहिलो पार्टी बनाउने गरी मेहनत गर्न उनले कार्यकर्तालाई निर्देशन दिए । कांग्रेसले बढी गफ गर्छ, काम गर्दैन भन्ने गुनासो आइरहेको भन्दै सभापति देउवाले दुःखमा परेका जनताको पक्षमा काम गर्न पनि पार्टीका नेता, कार्यकर्तालाई आग्रह गरे ।

कांग्रेसका नेता डा. शशांक कोइरालाले शिक्षा, स्वास्थ्य, सडक पूर्वाधार, सञ्चार क्षेत्रको विकास कांग्रेसका नीति र नेतृत्वका कारण सम्भव भएको दाबी गरे ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily