+
Search

ताजा अपडेट +

पपुलर +

ग्लोबल आइएमई बैंकको लाभांश घोषणा, सेयरधनीलाई ५.५ प्रतिशत प्रतिफल

4KNationalDaily
२०८१ आश्विन २२, मंगलवार १३:५६ बजे

काठमाडौं- ग्लोबल आईएमई बैंकले गत आर्थिक वर्षको नाफाबाट चुक्ता पुँजीको ५.५ प्रतिशत लाभांश लगानीकर्तालाई दिने भएको छ।

बैंकको ४४६औँ सञ्चालक समितिको बैठकबाट बोनस सेयर मात्रै दिने प्रस्ताव गरिएको हो।

बैंकले यसपटक नगद लाभांश दिएको छैन। बैंकको १८औँ साधारणसभाबाट लाभांश पारित गरेपछि लगानीकर्ताको खातामा पठाइनेछ।

नेपाल राष्ट्र बैंकको स्वीकृति र बैंकको साधारण सभाबाट पारित भएपछि सेयरधनीले लाभांश पाउनेछन्।

बैंकले २०७९/८० मा ८ प्रतिशत नगद र १ प्रतिशत बोनस सेयर वितरण गरेको थियो। त्यस्तै, २०७७/७८ मा सेयरधनीलाई ३.५ प्रतिशत नगद र १० प्रतिशत बोनस सेयर वितरण गरेको थियो।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily