+
Search

ताजा अपडेट +

पपुलर +

पुण्य गौतमको टाउकोमा एक दर्जन टाँका, बाटो ढुकेर गरिएको थियो रड प्रहार

4KNationalDaily
२०८१ आश्विन २२, मंगलवार १४:३१ बजे

काठमाडौं– प्रहरीले पुण्य गौतममाथि आक्रमण गर्ने समूहको खोजी गरिरहेको छ ।

हिजो राति सवा ९ बजे उनलाई जोरपाटीमा आफ्नै घरनजिक रड प्रहार गरिएको हो ।अज्ञात व्यक्तिले टाउकोमा रड हानेर भागेको पारिवारिक स्रोतले बतायो ।
घरअगाडि बाटोमा हिँडिरहेका बेला एक समूहले उनीमाथि आक्रमण गरेको थियो ।

कुटपिटबाट गौमत घाइते भएका छन् । अत्तरखेलस्थित नेपाल मेडिकल कलेजमा गौतमको उपचार भइरहेको प्रहरी वृत्त बौद्धले जनाएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले आक्रमण गर्ने समूहको खोजी तीव्र पारिएको जानकारी दिए ।

आक्रमणकारीले गौतम आउने बाटोमा ढुकेर बसेको अनुमान छ । केही व्यक्तिहरु ओहोरदोहोर गरेको र घरमा पनि नियालेको छरछिमेकीले बताएका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily