+
Search

ताजा अपडेट +

पपुलर +

स्याङ्जाको सुन्तला र पर्यटन प्रवर्धनसम्बन्धी कार्यक्रम बने सहकार्य गर्ने अध्यक्ष ढकालको प्रतिबद्धता

4KNationalDaily
२०८१ आश्विन ३०, बुधबार १२:१३ बजे

स्याङ्जा– नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले स्याङ्जाको सुन्तला, कफी र पर्यटन प्रवर्धनसम्बन्धी सम्भाव्य योजना तथा कार्यक्रम बने सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

स्याङ्जा जिल्ला उद्योग वाणिज्य संघले आयोजना गरेको कार्यक्रममा अध्यक्ष ढकालले १० अर्ब रुपैयाँको लगानीमा कम्पनी स्थापना भएको र त्यसले काम सुरु गरिसकेको जानकारी गराउँदै स्वदेशी लगानीबाट पनि सकारात्मक सन्देश प्रवाह गर्न सकिने बताए ।

उनले भने, ‘जिल्ला जिल्लाका व्यवसायी साथीहरू लगानीका लागि अवसर खोजिरहनु भएको छ त्यसलाई एकीकृत गर्ने हो भने पुँजीको कुनै समस्या हुँदैन’, उनले भने, ‘यतिबेला बैकमा निक्षेप पर्याप्त छ, ब्याजदर निकै घटेको छ ।यस्तो बेला नेपालमा नै लगानीको अवसर छ भन्ने सन्देश प्रवाह गर्नुपर्छ ।’

उनले यो डेढ वर्षको अवधिमा लगानी प्रवर्द्धनका लागि देश भित्र र बाहिर आफूहरूले निरन्तर अभियान सञ्चालन गरेको जानकारी गराउँदै आफूहरूकै पहलमा सरकारले लगानी मैत्री वातावरण बनाउन ८ वटा कानुन संशोधन गरेको जानकारी गराए ।

निजी क्षेत्रले उठाउँदै आएको मर्यादाक्रमको विषय, कर सम्बन्धी समस्या लगायतका विषयमा आफूहरू निरन्तर लागिरहेको बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily