+
Search

ताजा अपडेट +

पपुलर +

लेबनानमा इजरायलको नरसंहार बढ्दै, नगरपालिका भवनमा बम हमला गरेर मेयरको हत्या

4KNationalDaily
२०८१ आश्विन ३०, बुधबार १७:०४ बजे

काठमाडौं– इजरायलको हिंश्रक हमला जारी रहदा लेबनानको नबतिह नगरका मेयर मारिएका छन् । अल जजिराका अनुसार आज विहान भएको बम हमलामा परी मारिने दर्जनौं नागरिकमध्ये मेयर अहमद काहिलसमेत परेका छन् ।

नबातिह नगरका गभर्नर होवाइद तुर्कका अनुसार इजरायलको नरसंहारका क्रममा नगर कार्यालभित्र काम गरिरहेका बेला मेयर काहिल समेत मारिएका हुन् ।

यसैबीच लेबनानका प्रधानमन्त्री नजिब मिकातीले नगरपालिका बैठकलाई लक्षित गरेरै इजरायली फौजले आक्रमण गरेको बताएका छन् ।

इजरायलले आफ्नो देशमा निर्दोष नागरिकको नश्लीय संहार गरिरहेको भन्दै अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराएका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily