+
Search

ताजा अपडेट +

पपुलर +

फेरि बढ्यो सुनको मूल्य, तोलामा १ लाख ६५ हजार रुपैयाँ पुग्यो

4KNationalDaily
२०८१ कार्तिक ४, आईतवार ११:०४ बजे

काठमाडौं- नेपाली बजारमा सुनको मूल्य निरन्तर बढिरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका सोहीअनुसार आइतबार छापावाल सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ ।

जसअनुसार सुनको मूल्य तोलामा १ लाख ६५ हजार पुगेको हो । यसअघि शुक्रबार सुनको मूल्य तोलामा १ लाख ६४ हजार ४०० रुपैयाँ कायम भएको थियो ।

यस्तै आइतबार चाँदीको मूल्य पनि बढेको छ । शुक्रबार १ हजार ९८० रुपैयाँमा कारोबार भएको छापावाल चाँदीको मूल्य आइतबार बढेर २ हजार ७५ रुपैयाँ कायम भएको हो ।

कतिसम्म बढ्ला ?

अन्तर्राष्ट्रिय कमोडिटी बजारमा हुने माग र आपूर्तिले मूल्य तय हुने भएकाले विश्वका ठूला लगानीकर्ताको मनोभावनासँग यो जोडिएको विषय हो ।

अन्तर्राष्ट्रियस्तरका विभिन्न अध्ययनले पनि सुनको भाउ बढ्ने प्रक्षेपण गरिरहेका छन् ।

लण्डन बुलियन मार्केट एसोसिएसनले सुनको मूल्य आगामी १२ महिनाभित्र प्रतिऔंस २९४१ डलरसम्म पुग्ने अनुमान गरेको छ । एक औंस बराबर २.४३ तोला हुन्छ ।

लण्डन बुलियन मार्केट एसोसिएसनको अनुमान मान्ने हो भने नेपाली बजारमा तोलाको १ लाख ७८ हजार रुपैयाँ एक वर्षभित्रै पुग्नेछ ।

प्रक्षेपणको आधार भने खुलस्त पाइँदैन ।

यो प्रक्षेपण मात्रै भएकाले वास्तविक परिवेशमा नमिल्न सक्ने भएकाले विश्वास गरेर कारोबार नगर्न पनि एसोसिएसनले आग्रह गरेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily