+
Search

ताजा अपडेट +

पपुलर +

पाँच दिनदेखि निरन्तर ऐतिहासिक रेकर्डमा सुन, प्रति तोला ६०० रुपैयाँ बढेपछि कति पुग्यो ?

4KNationalDaily
२०८१ कार्तिक ५, सोमबार ११:५२ बजे

काठमाडौं- पाँच दिनदेखि सुनको मूल्यले निरन्तर रुपमा ऐतिहासिक रेकर्ड बनाउँदै गएको छ । दसैँपछि खुलेको सुनचाँदी बजारले तेस्रो दिनदेखि नै ऐतिहासिक रेकर्ड बनाएकोमा आजसम्म पनि यसले निरन्तरता पाएको हो ।

सोमबार प्रतितोला सुनको मूल्य ६ सय रुपैयाँले बढेर १ लाख ६५ हजार ६ सय रुपैयाँ कायम भएको छ । यो मूल्य आइतबार १ लाख ६५ हजार रुपैयाँ रहको थियो । त्यसभन्दा अघिल्ला दिनहरुमा यो मूल्य क्रमशः १ लाख ६४ हजार ४००, १ लाख ६२ हजार ४०० र १ लाख ६१ हजार ८ सय रुपैयाँ रहेको थियो ।

त्यस्तै, चाँदीको मूल्यले समेत रेकर्ड कायम गरेको छ ।

आज चाँदीको मूल्य प्रतितोला २० रुपैयाँले बढेर २ हजार ९५ रुपैयाँ पुगेको छ । यस्तो मूल्य आइतबार २ हजार ७५ रुपैयाँ रहेको थियो । त्यस्तै, शुक्रबार १ हजार ९८० रुपैयाँ रहेको चाँदीको मूल्य त्योभन्दा अघिल्लो दिन १ हजार ९५० रुपैयाँ रहेको थियो ।

अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको भाउ बढ्दो क्रममा रहेकाले नेपाली बजारमा महँगो भएको हो।

अन्तर्राष्ट्रिय बजारमा सोमबार सुनको मूल्य प्रति औंस २७३०.०५ डलर पुगेको छ। यो मूल्य आइतबार २७२१.४१ डलर थियो। यस्तै चाँदीको मूल्य प्रति औंस ३३.९८ डलर पुगेको छ। यो मूल्य आइतबार ३३.७१ डलर थियो।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily