+
Search

ताजा अपडेट +

पपुलर +

घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार?

4KNationalDaily
२०८१ कार्तिक १२, सोमबार ११:०० बजे

काठमाडौं- सोमबार सुनचाँदीको मूल्य सामान्य घटेको छ । आइतबार हालसम्मकै उच्च मूल्यमा पुगेको सुनको मूल्य आज ४०० रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यसदिन सुन प्रतितोला एक लाख ६७ हजार रुपैयाँमा खरिदबिक्री भइरहेको छ । लगातार सात दिनसम्म दिनदिनै नयाँ रेकर्ड बनाउँदै बढेको सुनको मूल्य बिहीबार सामान्य घटेको थियो ।

शुक्रबार स्थिर रही आइतबार पुन: एकैदिन एक हजार ४०० रुपैयाँले बढेर सुनको मूल्यले नयाँ रेकर्ड बनाएको थियो ।

यसदिन चाँदीको मूल्य भने घटेको छ ।

महासंघका अनुसार आइतबार तोलामा दुई हजार ८५ रुपैयाँमा खरिदबिक्री भएको चाँदी आज दुई हजार ६५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily