गोरखा- प्रतिनिधि सभाका सांसद चुडामणि खड्काले संघियता विरोधिहरु विभिन्न वहानामा गाउँ प्रवेश गरेको बताउँदै उनिहरुका भनाइ र काम गराइसँग सचेत रहनु पर्ने बताएका छन ।
गोरखा नगरपालिका स्थित महेन्द्र माध्यमिक बिद्यालय कुन्दुरमा राष्ट्रिय दुग्ध विकास बोर्डद्वारा आयोजित कार्यक्रमलाई सम्वोधन गर्दै उनले यस्ता बताएका हुन् ।
‘जनप्रतिनिधिहरु आजिवनका लागि नियुक्ति भए झै दम्भ गर्ने, सरकारको बजेट हिजोका चुनावि घोषणा अनुसार नरहने, कतिपय कुराहरु नीति निर्माणकै चरणमा रहेकाले दोधार भइरहने प्रवृतिले जनतामा उत्साह रहन सकेको छैन’ उनले भने ‘जन अपेक्षालाई सम्वोधन गर्न छिट्टै नयाँ कार्यक्रम लाइन्छ ।’
‘हामी जन प्रतिनिधिहरु विकास र समृद्दिका लागि जनताको सेवामा सधैं लागि रहन्छौ’, नेता खड्काले भने हिजोका इतिहासको रक्षा गर्दै नयाँ शिराबाट अगाडि बढ्नुपर्ने अहिलेको आवश्यकता रहेको उनले बताए ।
बक्ताहरुले गोरखामा सञ्चालित एक मात्र चन्द्रज्योति दुग्ध डेरिको लाखौ रुपैयाँ हिनामिना गर्नेहरु खुलेआम सडकमा हिड्दा पनि कहिकतैबाट कारवाहि नभएको भन्दै कारवाहिको माग गरेका थिए । किसानका लालपुर्जा बैकमा राखेर सँचालक समितिले पैसा झिकि डेरि बन्द गराएको सञ्चालकहरूलार्इ अाराेप लाग्ने गरेकाे छ ।
विद्यालयमा रहेका ८५० जना बालबालिकाहरुलाइ दूध र दुधबाट बनेका परिकारहरु वितरण गरिएको थियो । बजारका विभिन्न जँक फुडहरुले बालबालिकाहरुमा दिर्घकालिन असर पर्ने हुँदा त्यस्ता खानेकुराका सट्टा दैनिक दूध सेवन गराउनुपर्ने राष्ट्रिय दुग्ध विकास बोर्डका निमित्त कार्यकारि निर्देशक बाबाुकाजि पन्तले बताए ।
प्रतिक्रिया