+
Search

ताजा अपडेट +

पपुलर +

अन्तर्राष्ट्रिय बजारमा नेपाली चिया तथा कफीको माग बढ्दै

4KNationalDaily
२०८१ कार्तिक १९, सोमबार २०:०३ बजे

काठमाडौं- अन्तर्राष्ट्रिय बजारमा नेपाली चिया तथा कफीको माग बढ्दै गएको छ । चिया तथा कफी विकास बोर्डकाअनुसार आर्थिक वर्ष २०७९-०८० मा ७७ मेट कफी विदेशमा निर्यात गरिएको थियो । भने, आर्थिक वर्ष २०७८-०७९मा ७२ मेट उत्पादन गरी नौ करोड ६० लाखको निर्यात गरिएको थियो ।

बोर्डले आर्थिक वर्ष २०८०/८१ को विस्तृत तथ्यांक संकलन कार्य भइरहेको जनाएको छ । आर्थिक वर्ष २०७८-०७९ मा देशभर ४५० मेट कफीको आयात गरी ३२ करोड खर्च गरिएकामा आर्थिक वर्ष ०७९-०८० मा १० करोडको मात्र आयात गरिएको थियो ।

यो करिब २२ करोडले आयात न्यूनीकरण भएको बोर्डका निर्देशक दिपक खनालले जानकारी दिए।

उनले कफीका लागि उपयुक्त हावापानी र क्षेत्र विस्तारले उत्पादनमा पनि वृद्धि भएको बताए । हाल देशभर तीन हजार छ सय ५९ हेक्टर क्षेत्रफल जमिनमा कफी विस्तार गरी करिब तीन सय ९५ मेट्रिकटन ‘ग्रिनविन’ उत्पादन गरिएको छ ।

यस क्षेत्रमा कार्यरत कृषकको संख्या हाल ३३ हजार छ भने नेपाली कफीको अन्तर्राष्ट्रिय बजारमा माग करिब १४ हजार मेट्रिकटन रहेको बोर्डले जनाइएको छ ।

नेपालमा गुल्मी, पाल्पा, अर्घाखाँची, ललितपुर, तनहुँ, काभ्रे, सिन्धुपाल्चोक, लमजुङ, कास्की, गोरखा, स्याङ्जा, पर्वत, बागलुङलगायत ४३ जिल्लामा कफिकाे व्यावसायिक खेती हुँदै आएको छ ।

यस्तै आर्थिक वर्ष ०७८-०७९मा देशभर चियाको निर्यात तीन अर्ब ८० करोड रहेकामा आर्थिक वर्ष ०७९-०८० मा करिब १४ करोडले वृद्धि भएको छ ।

चिया उद्योगको सङ्ख्या एक सय ६१ पुगेको छ । यस क्षेत्रमा करिब ६० हजार श्रमिक कार्यरत रहेको बाेर्डले जनाएकाे छ ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily