+
Search

ताजा अपडेट +

पपुलर +

कीर्तिपुरको मेयरमा कांग्रेसबाट ११ जना सिफारिस, कृष्णमान पहिलो नम्बरमा

4KNationalDaily
२०८१ कार्तिक २०, मंगलवार १५:०९ बजे

काठमाडौं– नेपाली कांग्रेसको कीर्तिपुर नगर समितिले १६ मंसिरमा हुने स्थानीय तहको उपनिर्वाचनका लागि आकांक्षी ११ जनाको नाम क्षेत्रीय समितिमा सिफारिस गरेको छ ।

नगर समिति सभापति कृष्णमान डंगोललाई पहिलो नम्बरमा राखेर नाम पठाइएको छ । त्यसपछि क्रमशः बद्रीलाल महर्जन, हिमाल कार्की, जमुना नकर्मी, संगीत बोगटी, सशीर महर्जन, राममान सिंह, जनकलाल महर्जन, मीनप्रकाश महर्जन, किरण केसी र सचिन्द्र महर्जनको नाम सिफारिस भएको छ ।

पहिलो नम्बरमा नाम सिफारिस भएका कृष्णमान वर्तमान नगर सभापति हुन् । तेस्रो कार्यकालका लागि नगर समिति सभापति रहेका उनी ललितकला क्याम्पसका पूर्वस्ववियू अध्यक्ष हुन् ।

याे पनि,

माओवादीबाट कीर्तिपुर नगरपालिकाको मेयरमा शिवशरण महर्जन उम्मेदवार

कीर्तिपुरको मेयरमा सुरेन्द्र मानन्धरलाई उठाउने एमाले तयारी

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily