+
Search

ताजा अपडेट +

पपुलर +

पश्चिमी र स्थानीय वायुको प्रभाव, आज यी स्थानमा हल्का वर्षाको सम्भावना 

4KNationalDaily
२०८१ कार्तिक २१, बुधबार ०६:५३ बजे

काठमाडौं- हाल देशभर पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ ।  बुधबार देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ ।

कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

राति पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily