+
Search

ताजा अपडेट +

पपुलर +

राजस्व संकलनमा धक्काले तनावमा अर्थमन्त्री पौडेल, विभागीय प्रमुखलाई दिए यस्तो निर्देशन

4KNationalDaily
२०८१ कार्तिक २१, बुधबार ०८:४७ बजे

काठमाडौं– उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले राजस्व संकलनमा थप मेहनत गर्न कर्मचारीहरुलाई निर्देशन दिएका छन् ।

अर्थ मन्त्रालयका सचिव र विभागीय प्रमुखहरुको बैठकमा अर्थमन्त्री पौडेलले औसत भन्दामाथि उठेर काम गर्न र  मातहतका कर्मचारीहरुलाई काममा लगाउन निर्देशन दिए ।

सरकारले चालु वर्ष १४ खर्ब १९ अर्ब राजस्व संकलनको लक्ष्य लिएकामा साढे तीन महिनामा २० प्रतिशत पनि उठेको छैन। यो आर्थिक वर्ष कात्तिक १९ सम्म जम्मा २ खर्ब ८० अर्ब१६ करोड रुपैयाँ राजस्व संकलन भएको छ। अपेक्षा गरे अनुसार राजस्व नउठेपछि सरकारले परिणाम देखिने किसिमको कुनै काम अगाडि बढाउन सकेको छैन।

मन्त्री पौडेलले राजस्व चुहावट नियन्त्रणका लागि अन्तर निकायबीच समन्वय गरी काम गर्न पनि निर्देशन दिएको उनको सचिवालयले जनाएको छ। उनले राजस्व संकलनमा कमजोरी गर्नेलाई छुट नदिन र ठाउँको ठाउँ एक्सन लिन भनेका छन्।

अर्थमन्त्री पौडेलले राजस्व संकलनका लागि नीतिगत, संरचनागत र प्रकृयागत सुधारका लागि नेतृत्वले साथ दिने बताए ।

बैठकमा अर्थ सचिव, राजस्व सचिव, राजस्व महाशाखा प्रमुख, भन्सार विभागका महानिर्देशक, आन्तरिक राजस्व विभागका महानिर्देशक लगायतको उपस्थिति थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily