+
Search

ताजा अपडेट +

पपुलर +

डिजेल र मट्टितेलको मूल्य बढ्यो, कुनमा कति भयो समायोजन?

4KNationalDaily
२०८१ कार्तिक ३०, शुक्रबार २०:४७ बजे

काठमाडौं– नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य वृद्धि गरेको छ । इण्डियन आयल कर्पोरेशनबाट आज मूल्य वृद्धि भएर नयाँ मूल्यसूची प्राप्त भएको जनाउँदै निगमले पनि वृद्धि गरेको हो ।

भारतबाट पेट्रोलमा प्रतिलिटर ०.३२ र डिजेल/मट्टितेलमा २.५४ रुपैयाँले बढेर आएपछि निगमको आज बसेको सञ्चालक समितिको निर्णयले डिजेल/मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँले मूल्य वृद्धि गर्ने निर्णय गरेको निगमले जनाएको छ ।

जसअनुसार पहिलो वर्गमा १५०.५०, दोस्रोमा १५२ र तेस्रो वर्गमा १५३ रुपैयाँ प्रतिलिटर भएको निगमले जनाएको छ ।

वृद्धि भएको मूल्य आजै रातिदेखि लागू हुनेछ ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily