+
Search

ताजा अपडेट +

पपुलर +

नगर विकास कोषको कार्यकारी निर्देशक बन्न आवेदन दिने मध्ये १५ जनाको नाम ‘सर्टलिस्ट’

4KNationalDaily
२०८१ मंसिर २, आईतवार १०:३६ बजे

काठमाडौं- नगर विकास कोषको कार्यकारी निर्देशक पदका लागि १५ जनालाई छनोट गरिएको छ। कोषले गत १४ गते कार्यकारी निर्देशकको पदपूर्तिका लागि आवेदन माग गरेको थियो।

आवेदन दिनेहरु मध्येबाट १५ जनालाई छनोट गरिएको हो। उनीहरुलाई मंसिर ४ गतेदेखि कार्यपत्र प्रस्तुतिकरणका लागि बोलाइएको छ।

आवेदन दिनेमा संखुवासभाका अनुप कुमार रेग्मी, काठमाडौंका उमेश जंग थापा, काभ्रेका दिनेश त्रिपाठी र कैलालीका खेमराज जोशी छन्।

यस्तै, गोरखाका दिलमान सिंह बस्न्यात, तनहुँका ध्रुव राज भट्टराई, काठमाडौंका नविन कुमार झा र भक्तपुरका प्रभुराम पोखरेलले पनि आवेदन दिएका छन्।

उनीहरुलाई मंसिर ४ गते कार्यपत्र प्रस्तुतिकरणको लागि बोलाइएको कोषले जनाएको छ।

यसैगरि, भक्तपुरका भरत कुमार न्यौपाने, महात्तरीका रवि भुषण झा, भक्तपुरका भेषराम पोखरेल, काभ्रेका राजेश कुमार भेछियोभा, ताप्लेजुङका राम प्रसाद पौडेल, काभ्रेका रिम प्रसाद हुमागाई र चितवनका विनोद प्रकाश पण्डित छन्।

उनीहरुलाई मंसिर ५ गतेका लागि बोलाइएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily