+
Search

ताजा अपडेट +

पपुलर +

बाढीपहिरोले बन्द नाका ढिला खुल्दाको असर राजस्वमा, तातोपानी र रसुवा भन्सार दुवै लक्ष्यभन्दा टाढा

4KNationalDaily
२०८१ मंसिर २, आईतवार १९:४५ बजे

काठमाडौं– चीनतर्फका दुबै भन्सार नाकाबाट संकलन हुने राजस्वमा धक्का लागेको छ।

असोज दोस्रो साताको बाढीपहिरोले बन्द भएका नाका खुल्न लामो समय लागेकाले राजस्वमा धक्का लागेको हो।

तातोपानी भन्सार कार्यालयले कात्तिकमा १ अर्ब २९ करोड ३५ लाख रुपैयाँ राजस्व संकलन गरेको छ।

कार्यालयलाई कात्तिकमा १ अर्ब ७२ करोड ९५ लाख रुपैयाँ राजस्व संकलनको लक्ष्य दिइएको थियो। असोज १२ गते बन्द भएको यो नाका कात्तिक ८ गते खुलेको थियो।

यस्तै कात्तिकमा २ अर्ब ४० करोड रुपैयाँ राजस्व संकलनको लक्ष्य पाएको रसुवा भन्सार कार्यालयले २ अर्ब उठाएको छ।

बाटोमा अड्किएका गाडी आयातका कारण रसुवा भन्सारले छोटो अवधिमा पनि लक्ष्य नजिकको राजस्व संकलन गरेको हो।

असोज १२ देखि बन्द भएको यो भन्सार कात्तिक २० गते मात्र खुलेको थियो।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily