+
Search

ताजा अपडेट +

पपुलर +

पूर्वसभामुख ढुंगानाको निधनमा राष्ट्रिय शोक, आज सार्वजनिक बिदा

4KNationalDaily
२०८१ मंसिर ३, सोमबार ०९:४७ बजे

काठमाडौं– सरकारले प्रतिनिधिसभाका पूर्वसभामुख दमननाथ ढुंगानालाई राष्ट्रिय सम्मानसहित अन्त्यष्टि गर्ने निर्णय गरेको छ।

ढुंगानाको निधनको शोकमा सरकारले आज सार्वजनिक बिदा दिने निर्णयसमेत गरेको हाे।

सोमबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले ढुंगानाको निधनमा गहिरो शोक प्रकट गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेको छ।

ढुंगानालाई राष्ट्रिय सम्मानसहित अन्त्येष्टि गर्ने र आज देशैभरी सार्वजनिक बिदा निर्णय भएको सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुुरुङले जानकारी दिए।

पूर्वसभामुख ढुंगानाको ८३ वर्षको उमेरका आइतबार काठमाडौंको पुरानो बानेश्वरमा निधन भएको थियो।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily