फाइल तस्बिर
काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता हुँदै छ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सोमबार साँझतिर उनीहरुबीच भेट हुन लागेकाे हो।
उनीहरुबीच मन्त्रिपरिषद्को हेरफेर, स्थानीय चुनाव, प्रधानमन्त्रीको चीन भ्रमण लगायतका विषयमा छलफल हुने छ।
सत्तारुढ दुई दलले सरकारमा सहभागी केही मन्त्रीलाई फिर्ता बोलाएर नयाँलाई पठाउने तयारी गरिरहेका छन्।
पछिल्लो समय केही मन्त्रीको काम चित्त बुझ्दो नरहेको भन्दै हटाउनुपर्ने आवाज उठिरहेकोछ । यस्तोमा एमाले र कांग्रेसबाट सरकारमा रहेका केही मन्त्रीलाई बिदा गरेर नयाँलाई अवसर दिने तयारी भइरहेको छ ।
ओली गत असार ३० गते चौथो पटक प्रधानमन्त्रीमा नियुक्त भएका थिए । असार १७ गते राति कांग्रेस र एमालेबीचको सहमतिअनुसार प्रधानमन्त्री बनेका ओलीले पहिलो तीन महिनामा सरकारलाई अपेक्षाअनुसार अघि बढाउन सकेका छैनन् ।
सय दिनको प्रगति सार्वजनिक गर्दा पनि ओलीले सुरुवाती अवस्थामा सरकारले गति लिन नसकेको स्वीकारेका थिए । आफूले विश्वास गरेकै मन्त्रीहरूको कार्यक्षमता गतिलो नभएपछि ओली असन्तुष्ट छन् ।
सरकारको कामको आलोचना भइरहेको अवस्थामा कांग्रेस सभापति देउवा र प्रधानमन्त्री ओलीले कम्तीमा ३/३ जना मन्त्री फेर्ने गरि तयारी थालेको स्रोतले बताएको छ । तर, फेरिने मन्त्रीबारे दुवै पक्षका शीर्ष नेताले अहिलेसम्म केही बोलेका छैनन् ।
प्रतिक्रिया