+
Search

ताजा अपडेट +

पपुलर +

मेची भन्सारबाट चिया निर्यात ६९ प्रतिशतले बढ्यो, यस्तो छ कारण 

4KNationalDaily
२०८१ मंसिर ४, मंगलवार ११:२२ बजे

काठमाडौं– मेची भन्सार कार्यालयबाट चालु आर्थिक वर्षको पहिलो चौमासिकमा चिया निर्यात ६९.२२ प्रतिशतले बढेको छ।

कार्यालयको तथ्यांक अनुसार चार महिना (साउन–कात्तिक) मा ८ हजार ६२.१६४ मेट्रिकटन चिया निर्यात भएको हो। चिया निर्यातको परिमाणसँगै यसको मूल्य ६७.८७ प्रतिशतले बढेको मेची भन्सारका कार्यालयका सूचना अधिकारी गणपति कँडेलले जानकारी दिए।

चालु आर्थिक वर्षको पहिलो चार महिनामा दुई अर्ब २० करोड ४८ लाख ४० हजार बराबरको चिया निर्यात भएको छ। गत आर्थिक वर्षको सोही अवधिमा एक अर्ब ३१ करोड ३४ लाख ३६ हजार बराबरको चिया निर्यात भएको थियो।

कार्यालयको तथ्यांक अनुसार चालु आर्थिक वर्षको पहिलो चौमासिकमा अलैँची, अम्रिसो, छुर्पी, अदुवा, काउली, बन्दागोपी र ब्रोकाउलीको निर्यात घटेको छ।

गत आर्थिक वर्षको सोही अवधीको तुलनामा अलैँची ११.८७ प्रतिशत, अम्रिसो ११.६६ प्रतिशत, छुर्पी ४१.४५ प्रतिशत, काउली, बन्दागोपी र ब्रोकाउली २७.९८ प्रतिशतले निर्यात घटेको सूचना अधिकारी कँडेलले जानकारी दिए।

उनका अनुसार भेनियर सिटको निर्यात २४१.९४ र प्लाइउडको निर्यात २९.६३ प्रतिशले बढेको छ। मेची भन्सार कार्यालयले चालु आर्थिक वर्षको कात्तिकसम्म ४ अर्ब ७२ करोड सात लाख २३ हजार राजस्व संकलन भएको जनाएको छ। उक्त राजस्व रकम कार्यालयको वार्षिक लक्ष्यको २७.२२ प्रतिशत हो।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily