+
Search

ताजा अपडेट +

पपुलर +

सुनको मूल्य बढ्यो, आज तोलाको कतिमा हुदैँछ कारोबार ?

4KNationalDaily
२०८१ मंसिर ४, मंगलवार ११:२८ बजे

काठमाडौं– नेपाली बजारमा आइतबार सुनको मूल्य तोलामा १ हजार १०० रुपैयाँ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार तोलामा १ लाख ६१ हजार रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य मंगलबार बढेर तोलामा १ लाख ६२ हजार १०० रुपैयाँ कायम भएको हो ।

यस्तै छापावाल सुन प्रति १० ग्राम १ लाख ३८ हजार ९४५ रुपैयाँ कायम भएको छ ।

यसैबीच चाँदीको मूल्य पनि बढेको छ।

सोमबार तोलामा १ हजार ९०५ रुपैयाँ कायम भएको चाँदीको मूल्य मंगलबार १ हजार ९५५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily