+
Search

ताजा अपडेट +

पपुलर +

काठमाडौं प्लाजामा आजदेखि हरेक दिन साँझ निःशुल्क पार्किङ

4KNationalDaily
२०८१ मंसिर ७, शुक्रबार १०:२९ बजे

काठमाडौं– काठमाडौं महानगरपालिकाले शुक्रबारदेखि हरेक साँझ साढे ५ देखि ११ बजेसम्म आफ्नो कार्यालय परिसर सवारी पार्किङका लागि निःशुल्क उपलब्ध गराउने भएको छ ।

महानगरपालिकाले दुई पाङ्ग्रे र ४ पाङ्ग्रे दुवै खालका सवारी साधनका लागि निःशुल्क पार्किङ उपलब्ध गराउने भएको हो ।

प्रशासन विभागका प्रमुख ध्रुवकुमार काफ्लेले भने, ‘यो सुविधा पछि कमलादी, पुतलीसडक, दरबार मार्ग, हात्तीसार, कमलपोखरीलगायत स्थानको यातायात आवागमन र पार्किङका लागि सहज हुनेछ ।’

काफ्लेका अनुसार दुई पाङ्ग्रे र ४ पाङ्ग्रे दुवै खालका सवारी साधनका लागि हो ।

पार्किङ् व्यवस्थापन महानगर प्रहरी बलले गर्ने महानगर प्रहरी बलका प्रमुख नगर प्रहरी वरिष्ठ उपरीक्षक राजुनाथ पाण्डेले बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily