+
Search

ताजा अपडेट +

पपुलर +

धितोपत्र बोर्ड अध्यक्षमा सन्तोषनारायण श्रेष्ठ नियुक्त

4KNationalDaily
२०८१ मंसिर १०, सोमबार १९:११ बजे

काठमाडौं- धितोपत्र बोर्डको अध्यक्षमा सन्तोषनारायण श्रेष्ठ नियुक्त भएका छन् ।

मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले उनलाई अध्यक्षमा नियुक्त गरेको एक मन्त्रीले जानकारी दिए । यसअघि विद्युत् प्राधिकरणको सञ्चालक समेत रहेका उनी व्यावसायिक पृष्ठभूमिका हुन् ।

उनले एमबीएसम्मको अध्ययन गरेका छन् । धितोपत्र बोर्ड गत वर्ष पुस २० देखि नेतृत्वविहीन रहँदै आएको थियो ।

 

 

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily