+
Search

ताजा अपडेट +

पपुलर +

गठबन्धनका उम्मेदवारलाई हराउँदै पुथा उत्तरगंगा उपाध्यक्षमा माओवादीकी नरपुरा विजयी

4KNationalDaily
२०८१ मंसिर १७, सोमबार १५:०९ बजे

काठमाडौ– रूकुम पूर्वको पुथाउत्तरगंगा गाउँपालिकाको उपाध्यक्षमा माओवादी केन्द्रकी नरपुरा बुढा निर्वाचित भएकी छन् ।

निर्वाचन आयोगका अनुसार ५९३१ मत खसेकोमा ३ हजार ६२७ मत प्राप्त गर्दै पुथाउत्तरगंगा उपाध्यक्षमा माओवादीकी बुढा निर्वाचित भएकी हुन् ।

केशकुमारी तुलाचनले २ हजार १२८ मत ल्याएको सहायक निर्वाचन अधिकृत इश्वरीप्रसाद सुवेदीले बताए । यहाँ १७९ मत बदर भएको छ ।

नेकपा एमालेकी तुलाचन कांग्रेसको चुनाव चिह्न लिएर चुनाव लडेकी हुन् ।

यहाँ कांग्रेस र एमालेबिच गठबन्धन भएको थियो भने माओवादीलाई एकीकृत समाजवादीले समर्थन गरेको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily