+
Search

ताजा अपडेट +

पपुलर +

रवि लामिछानेलाई चितवन ल्याइयो, समर्थकको नाराबाजी

4KNationalDaily
२०८१ मंसिर १८, मंगलवार ०९:५० बजे

चितवन– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई चितवन ल्याइएको छ ।

काठमाडौंबाट विमानमार्फत चितवन ल्याइएका लामिछानेलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ ।

बयानका लागि आजै सरकारी वकिलको कार्यालय लैजाने प्रहरीको तयारी छ ।

चितवन साहारा बहुउद्धेश्यिय सहकारी संस्थाको बचत रकम ठगीको मुद्धामा बयान लिन लामिछानेलाई चितवन ल्याइएको हो ।

लामिछानेलाई चितवन ल्याउने क्रममा सुरक्षाका लागि भरतपुर विमानस्थलमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको थियो ।

रविका समर्थकहरु विमानस्थल बाहिर पुगेर नाराबाजी गरे पछि प्रहरी र रविका समर्थकबीच धकेलाधकेल समेत भएको थियो ।

चितवन साहारा सहकारीको रकम अपचलनको विषयमा पीडितहरुले पछिल्लो पटक रास्वपा सभापति लामिछानेसहित १० जना विरुद्ध पुरक जाहेरी दिएका थिए । यसअघि पूर्वडीआईजी छविलाल जोशी र रामबहादुर खनाललाई पनि चितवन लगेर बयान गराइएको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily