+
Search

ताजा अपडेट +

पपुलर +

काठमाडौं महानगरले गर्‍यो असुरक्षित ३ बालबालिकाको उद्धार

4KNationalDaily
२०८१ मंसिर २०, बिहीबार ०८:४५ बजे

काठमाडौं– काठमाडौं महानगरपालिकाले सौतनी बुबाबाट असुरक्षित भएका तीन बालबालिकाको उद्धार गरेको छ । घरमा सौतनी बुबाबाट बालबालिका असुरक्षित रहेको सूचना पाएपछि महानगरले उनीहरुको उद्धार गरेको हो ।

कक्षा ६ मा अध्ययनरत ११ वर्षीया बालिका र उनका ७ र ९ वर्षका भाइहरूको महानगरको बाल उद्धार कार्यदल, बालबालिका खोजतलास सेवा र बाल हेल्पलाइनसहितको संयुक्त टोलीले उद्धार गरेको हो ।

उद्धार गरिएका बालबालिकालाई अस्थायी संरक्षणमा राखिएको महानगरले जनाएको छ ।

साथै, बालबालिकामाथि हिंसा गरेको आरोपमा उनीहरुका सौतनी बुबालाई प्रहरीले पक्राउ गरेर अनुसन्धान थालेको छ । पक्राउ परेका सौतनी बुबालाई प्रहरी वृत्त वौद्धले पक्राउ गरी हिरासतमा राखेर अनुसन्धान गरेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily