+
Search

ताजा अपडेट +

पपुलर +

गोरखाका बिनित रानामगरले यस्ताे बनाए गण्डकी प्रदेशको लोगो 

4KNationalDaily
२०७५ आश्विन १७, बुधबार ००:२२ बजे

पाेखरा- गण्डकी प्रदेशको प्रदेशसभाको लोगो तय भएको छ । ११ जना प्रतिस्पर्धीलाई पछि पार्दै गोरखाका बिनित रानामगरले बनाएको लोगो गण्डकी प्रदेशका लागि छानिएको हो ।

सांसद मायानाथ अधिकारीको संयोजकत्वमा गठित समितिले गरेको सिफारिसका आधारमा सभामुखले लोगो तथा पोशाक छनोट गरेको छन् ।

लोगोमा नेपालको नक्साको मध्यभागका पर्ने गण्डकी प्रदेशलाई विभिन्न जातजातिको पोशाकसहितको चित्रले छुट्याइएको छ । सिंगो नेपालको नक्साको तलमाथि गण्डकी प्रदेशका अन्य संकेत राखिएको छ ।

लोगोको दुईतिरको किनारमा समृद्धिको आधारमा धानको बालालाई राखिएको छ भने सबैभन्दा तल एकता र समानताको प्रतीकका रुपमा महिला र पुरुषले हात मिलाएको देखाइएको छ ।

सबैभन्दामाथि माछापुच्छ्रेसहित अन्नपूर्ण हिमशृंखलामार्फत गण्डकी प्रदेशको हिमाली क्षेत्रलाई संकेत गरिएको छ । त्यसभन्दा तल पहाडी र तराई क्षेत्रको डाडाँलाई संकेत गरिएको लोगो बनाएका बिनितले जानकारी दिए ।

‘गण्डकी प्रदेशमा समेटिएका हिमाल, पहाड र तराईलाई लोगोमा संकेत गरेको हुँ,’ बिनितले भने, ‘राष्ट्रिय पंक्षी डाँफे, फूल लालिगुराँस र नेपालको झण्डालाई पनि समेटेको छु ।’

प्रदेशसभाको लोगोको दुईतिरको किनारमा समृद्धिको आधारमा धानको बालालाई राखिएको छ भने सबैभन्दा तल एकता र समानताको प्रतीकका रुपमा महिला र पुरुषले हात मिलाएको देखाइएको छ ।

गण्डकी प्रदेश अन्तर्गतका नदीलाई पनि लोगोमा देखाइएको छ भने नवलपरासीसँग जोडिएको चितवन राष्ट्रिय निकुञ्ज आसपासमा पाइने गैंडा र मृगलाई पनि देखाइएकोे छ ।

लोगोमा गण्डकी प्रदेशमा बसोबास गर्ने विभिन्न जातजातीलाई पनि समेटेको ग्राफर विनितले बताए ।
बिनित गण्डकी प्रदेश सभा सचिवालयका कर्मचारी पनि हुन् ।

उनीसँगै पवन पौडेल, महेन्द्र उपाध्याय, अनुसन्धान पोखरेल र प्रेम श्रेष्ठका १२ लोगो प्रतिस्पर्धामा थिए । प्रतिस्पर्धाबाट बिनितले बनाएको लोगोले सर्वोत्कृष्ठ हुँदै २५ हजार रुपैयाँ पाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily