काठमाडाैं- आज पनि सुनको मूल्य वृद्धि भएको छ। आज सुन तोलामा दुई हजार रुपैयाँ बढेको हो। हिजो (मंगलबार) सुनको मूल्य प्रतितोला २१ सय रुपैयाँ बढेको थियो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मूल्य बढेर आज सुन तोलाको एक लाख ५४ हजार दुईसय रुपैयाँ पुगेको छ। हिजो सुनको मूल्य एक लाख ५२ हजार दुईसय रुपैयाँ थियो। दुई दिनमै सुनकाे मूल्य चार हजार एकसय रुपैयाँ बढेकाे छ।
आज चाँदीको मूल्य भने हिजोकै यथावत छ। चाँदीको मूल्य आज एक हजार नौसय २५ रुपैयाँमै यथावत रहेकाे महासंघले जनाएकाे छ।
अघिल्लो साता सुनको मूल्य दुई दिनमै तोलामा साढे १८ हजार रुपैयाँ घटेको थियो।
गत कात्तिक १५ गते सुनको मूल्यले हालसम्मकै महँगो कीर्तिमान बनाएको थियो। त्यो दिन सुन प्रतितोला १ लाख ७१ हजार रुपैयाँ पुगेको थियो।
प्रतिक्रिया